PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

सुनसरीमा नेपाली कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा



रासस

सुनसरीमा नेपाली कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा

इटहरी : सुनसरीको पछिल्लो मतपरिणाम अनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेले दोस्रो स्थानमा छ। 

सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहेका छन्। यसैगरी, उपमेयरमा  विमला ढकालले ७८९ मत ल्याएकी छन्। 

चुनावी प्रतिस्पर्धामा नेकपा एमालेका मेयरका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गरेका छन् भने उपमेयरमा लक्ष्मी गौतमले ५९८ मत प्राप्त गरेकी निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिए। 

त्यसैगरी, धरान उपमहानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार मेयरमा कांग्रेसका उम्मेदवार तिलक राईले ५०० मत प्राप्त गरेका छन् भने उपमेयरमा कांग्रेसकी श्यामा रेग्मीले ४९५ मत प्राप्त गरेकी छन्।

निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका नेकपा एमालेका तारा सुब्बाले २७२ मत तथा उपमेयरमा मञ्जु भण्डारीले ३०३ मत प्राप्त गरेकी छन्। 

इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका राजन मेहताले ७६८ र उपमेयरका उम्मेदवारले ७१९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरले  ४३२ र उपमेयरले ३९४ मत प्राप्त गरेका छन्।

त्यस्तै, बराह नगरपालिकामा कांग्रेसका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले एक हजार ७७ मत ल्याई अग्रता लिएका छन्। बराह नगरपालिकाको मेयरमा नेकपा एमालेका निलम खनालले ८८८ र उपमेयरले ८७३ मत प्राप्त गरी पच्छ्याई रहेका छन्। 

भोक्राहा गाउँपालिकामा नेकपा एमालेका अध्यक्षले ५९८ र उपाध्यक्षले ५७८ मत ल्याई अग्रता कायम गरिरहेका छन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्षका उम्मेदवारले ४७० र उपाध्यक्षले ३८८ मत प्राप्त गरेका छन्। 

त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षका उम्मेदवारले ४१५, उपाध्यक्षले ४१९ तथा कांग्रेसका अध्यक्षका उम्मेदवारले ४०६ र उपाध्यक्षले ३३६ मत प्राप्त गरेका छन्। नेकपा एमाले अहिले तेस्रो स्थानमा छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell