
काठमाडौँ : उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरीवन – ९ का प्रदीप यादव छन्।
महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले लागूऔषध लिएर काठमाडौँ आउँदै गरेको बेला छुटाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले साह र रानालाई वीरगन्जदेखि बनेपा आउँदै गरेको ना ४ ख १९५१ नम्बरको बसबाट र रानालाई तथा ना ४ ख ७१९० नम्बरको बसबाट पक्राउ गरेको हो।
साहको साथबाट ११४ एम्पुल फेनार्गन, ४६ एम्पुल डाइजेल्याब, रानाबाट एक हजार ४९८ थान नाइट्राजेपाम ट्याब्लेट र यादवबाट १९२ थान ट्रमाजोल ट्याब्लेट पक्राउ गरेको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए। रासस