PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

सिरियाले भन्यो–हामीसँग रासायनिक हतियार नै छैन



रासस

सिरियाले भन्यो–हामीसँग रासायनिक हतियार नै छैन
फोटो श्रोतःpresstv.ir

दमास्कसः सिरियाली विदेश मन्त्रालयले अमेरिकाद्वारा हालै दाबी गरिएजस्तो रासायनिक हतियार प्रयोग गर्ने कुनै योजना नबनाएको भन्दै अमेरिकी दाबीलाई आधारहीन भनेको छ। 

सिरियाले आफ्नो साथमा रासायनिक हतियार नै नभएको दाबीसमेत गरेको छ। मन्त्रालयले अमेरिकाले विगत केही दिनयता गलत अफवाह फैलाएको विज्ञप्ति जारी गरी जनाएको छ। 

अमेरिकाले सिरियाले आफ्नै देशका सरकारविरोधी नागरिकविरुद्ध रासायनिक आक्रमण गर्दै छ भनी चलाएको हल्ला विल्कुलै आधारहीन भएको विज्ञप्तिमा उल्लेख छ। 

ह्वाइट आउसका ‘प्रेस सेक्रेटरी’ सिन स्पाइसरले गत सोमबार संयुक्त राज्य अमेरिकाले सिरियाली विद्रोहीविरुद्ध वर्तमान प्रशासनले रासायनिक आक्रमण गर्न लागेको आधार पत्ता लागेको र आक्रमण अर्को वर्षको अप्रिलभित्र हुने जनाएको थियो। 

स्पाइसरले विद्रोहीको प्रभाव क्षेत्र मानिने खान शेखौन सहरमा त्यस किसिमको हतियारको प्रयोग गर्ने तयारी रहेको आरोप लगाएका हुन्। 

आरोपपछि सिरियाविरुद्ध अमेरिकाले टोमाहक ५६ नामक क्षेप्यास्त्रको सहयोगमा मध्य सिरियाको शुआइरत हवाई अखडामा आक्रमण गरेको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell