PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पाल्पाको रामपुर–१ र १० मा एमालेको समूह विजयी



रासस

पाल्पाको रामपुर–१ र १० मा एमालेको समूह विजयी

पाल्पा : पाल्पाको रामपुर नगरपालिका–१ र १० मा नेकपा एमालेको समूह विजयी भएको छ। 

वडा नं १ को वडा अध्यक्षमा नेकपा एमालेका मित्रलाल कँडेलले ७८५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याएका छन्। वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन्। 

त्यस्तै वडा नं १० मा पनि वडा अध्यक्ष र सदस्यमा एमालेको पूरै समूह विजयी भएको छ। एमालेका वडा अध्यक्षका उम्मेदवार लीलाबहादुर गाहा एक हजार २१३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका एकराज पाठकले ८४३ मत ल्याएका छन्। 

रामपुर नगरपालिकाको वडा नं १० मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell