चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
नौ बजेर ४० मिनेट जाँदा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु रोकिएका छन्। पहिरो पन्छाउने कार्य दुवैतर्फबाट भइरहेको र पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । रासस