PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

फ्राइडे रिलिज: कारखाना र द ट्रान्सफर्मर्स- द लास्ट नाइट सार्वजनिक



पहिलोपोस्ट

फ्राइडे रिलिज: कारखाना र द ट्रान्सफर्मर्स- द लास्ट नाइट सार्वजनिक

काठमाडौ: यो साता फ्राइडे रिलिज अन्तर्गत फिल्म कारखाना सार्वजनिक भयो। फिल्मले सोलो रिलिजको फाइदा उठाएको छ। २०७३ को पुस २९ गतेबाट नै प्रदर्शनमा आउने भनिएको फिल्म ६ महिना ढिलामात्र सार्वजनिक भएको हो। सेरोगेन्सीको मुद्दा उठाएको फिल्मले मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबैमा शो पाएको छ।

फिल्ममा वर्षा राउत र सुशील श्रेष्ठको मुख्य अभिनय रहेको छ। अन्य कलाकार जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायतको अभिनय देख्न सकिन्छ। अमरद्वीप सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा विवाहको मण्डपबाट भागेकी केटीको जीवन कथा उतारिएको बताइएको छ। दयाराम दाहाल, सुशील पोख्रेल र निर्देशक स्वयंमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिचेका हुन्।

नेपाली भाषाको अर्को फिल्म 'कमिना' पनि सार्वजनिक भएको छ। तर फिल्म नेपाली भने होइन। सिंगल स्क्रिनमा शो पाएको फिल्म भोजपुरी भाषाबाट डब गरिएको हो।

बलिउडबाट यो साता कुनै पनि फिल्म रिलिज भएनन्। सलमान खान स्टारर फिल्म 'ट्युबलाइट'ले राम्रो फ्लो नपाए पनि उक्त फिल्मले निरन्तर शो पाएको छ।

हलिउडका लागि 'द ट्रान्सफर्मर- द लास्ट नाइट'को नेपाल शो सुरु भयो। फिल्मए मल्टिप्लेक्समा मात्र प्रदर्शन भएको हो। जापानिज, अमेरिकन एनिमेटेड साइन्स फिक्सनको यसअघि सोही नाममा टिभी सिरिज सार्वजनिक थियो। नेल्सन शिन निर्देशित फिल्ममा एरिक आइडल, जड नेल्सन, लियोनार्ड निमोय, रोबर्ट स्ट्याक लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell