PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

स्थानीय तह निर्वाचन प्रारम्भिक मतपरिणाम: कांग्रेस चार, एमाले तीन र माओवादी एक स्थानमा विजयी



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन प्रारम्भिक मतपरिणाम: कांग्रेस चार, एमाले तीन र माओवादी एक स्थानमा विजयी

काठमाडौँ : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणको मतपरिणाम आउनेक्रम सुरु भएको छ। प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले चार स्थानमा जित हाँसिल गरेको छ भने नेकपा एमालेले तीन स्थानमा जितेको छ। माओवादीले पनि एक स्थानमा जित हाँसिल गर्दै खाता खोलेको छ। 

प्राप्त नतिजा अनुसार बझाङको काँडा गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र धामी विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै कल्पना बोहोरा विजयी भएकी छन्।

संखुवासभाको चिलिला गाउँपालिका र सिलिङचोक गाउँपालिकामा कांग्रेस विजयी भएको छ। चिचिला गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नोर्वु शेर्पा र उपाध्यक्षमा यदुकुमारी राई विजयी भएकी छन्।

यस्तै संखुवासभाकै सिलिङचोकको अध्यक्षमा पनि कांग्रेसकै रामबहादुर राई विजयी भएका छन् भने उपाध्यक्षमा रामकुमारी राई विजयी भएकी छन्। 

बाजुरा सदरमुकामा मार्तडीको बडिमालिका नगरपालिकामा नेपाली कांग्रेसका पदम बडुवाल निर्वाचित भएका छन्। प्राप्त मतपरिणाम अनुसार एमाले तीन स्थानमा विजयी भएको छ।

एमालेले बझाङको मष्टा;माष्टा गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहोरा विजयी भएकी छन्। 

यस्तै, बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेका कालीबहादुर शाही अध्यक्ष निर्वाचित भएका छन् भने एमालेकै ऐना गिरी उपाध्यक्षमा निर्वाचित भइन्। डडेलधुराको अमरगढी नगरपालिकामा पनि एमालेकै विश्वेश्वरप्रसाद जोशी निर्वाचित भएका छन्।  

माओवादी केन्द्रले अहिलेसम्म एक स्थानमा जित हाँसिल गरेर स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणमा पार्टीको खाता खोलेको छ।

सोलुखुम्वुको लिखु पिके गाउँपालिका प्रमुखमा विजय हाँसिल गर्दै माओवादी उम्मेदवार डम्वरबहादुर बस्नेतले पार्टीका लागि खाता खोलेका हुन्। लिखुपिकेमा माओवादीकै उम्मेदवार शर्मिला बस्नेत उपप्रमुखमा विजयी भएकी छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell