PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

मतगणनामा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आयोगको आह्वान



पहिलोपोस्ट

मतगणनामा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आयोगको आह्वान

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको नतिजा छिटो ल्याउनका लागि निर्वाचन अधिकृतसहित आयोगको टोलीलाई सहयोग गर्न राजनीतिक दल, दलका उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई आह्वान गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गरी यसअघि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई आग्रह गर्दै छिटो मतगणनाका लागि आग्रह गरेको हो।

आयोगले यसअघि नै नतिजा छिटो सार्वजनिक गर्न राजनीतिक दल तथा उम्मेदवारहरूको समन्वयमा आवश्यक मतगणना टोली गठन गरी मतगणनाको काममा तिव्रता दिन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको थियो। 

१४ गते साँझ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले मतगणना कार्य छिटो गरी आममतदाताले मतदानमार्फत प्रकट गरेको अभिमतको नतिजा छिटो भन्दा छिटो प्रकाशन गर्न सम्बन्धित सबै समक्ष आव्हान गरेका थिए।

उनले आज पुनः विज्ञप्ति जारी गरी अधिकृतलाई सहयोग पुर्याउन राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा सम्बद्ध सबै सरोकारवालाहरू समक्ष आह्वान गरेका हुन्। 

आयोगले २०७४ अनुसार १४ गते मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाँउपालिका वडा नं. १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को पाण्डु मावि मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell