PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पोखरालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने



रासस

पोखरालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने

पोखरा : पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ। 

महानगर कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर  मानबहादुर जिसीले महानगरलाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए। 

ट्राफिक प्रहरी कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उनले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताए । 

‘महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उनले भने,‘पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं।’ 

जिसीका अनुसार राजमार्गबाहेक महानगरभित्र रहेको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने छ भने सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाई निकट भविष्यमा पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने योजना छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell