PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा कांग्रेस विजयी



रासस

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा कांग्रेस विजयी

भोजपुर : भोजपुर नगरपालिका–३, ४, ७ र ८ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र २ मा एमाले विजयी भएको छ। 

भोजपुर नगरपालिका– ३ को वडा अध्यक्षमा कांग्रेसका कमल राईको समूह विजयी भएको छ। राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गरेका हुन्। भोजपुर– ४ को वडा अध्यक्षमा कांग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी भएका छन्। सो वडामा कांग्रेसको पुरै समूह विजयी भएको छ। 

यस्तै, भोजपुर– ८ को वडा अध्यक्षमा कांग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गरे। सो वडामा कांग्रेसको पुरै समूह विजयी भएको छ। 

यसैगरी भोजपु– ७ को वडा अध्यक्षमा कांग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गरे। 

त्यस्तै, भोजपुर–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी भए। सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भएको छ। 

भोजपुर–२ को वडा अध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी भएका छन्। उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell