PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

आयोगको निर्वाचन अधिकृतलाई कडा निर्देशन : सबै उम्मेदवारले सहिछाप गरेनन् भनेपनि मतगणना नरोक्नु



पहिलोपोस्ट

आयोगको निर्वाचन अधिकृतलाई कडा निर्देशन : सबै उम्मेदवारले सहिछाप गरेनन् भनेपनि मतगणना नरोक्नु

काठमाडौं : निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई कडा निर्देशन जारी गरेको छ।

आयोगले आज निर्देशन जारी गर्दै मतगणनामा सबै वा केही उम्मेदवार, उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भएर पनि मुचुल्कामा सहिछाप नगरेमा पनि मतदना कार्य अघि बढाउन निर्देशन दिएको हो। 

मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भएपनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गरी कुनै उम्मेद्वार वा निजको प्रतिनिधि उपस्थित भएमा निजहरुको र उम्मेद्वार वा प्रतिनिधि उपस्थित नभएमा वा निजहरुले सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय भएको छ, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकको निर्णयमा भनिएको छ। 

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६०लाई कोट गर्दै निर्वाचन अधिकृतहरुलाई यस्तो निर्देशन दिएको हो। 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६० मा उल्लेख छ , ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेद्वार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन र यस्तो काम कानून बमोजिम भएको मानिने छ।’ 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell