
काठमाडौं : दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। सदरमुकामस्थित महाकाली नगरपालिकामा कांग्रेस उम्मेदवार हंशराज भट्टले ४ हजार ४३ मत प्राप्त गरी जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरसिंह चैसिरले ३ हजार ५ सय ८६ मत प्राप्त गरे। उपमेयरमा पनि कांग्रेसकै सुना बोहरा विजयी भइन्।
४ हजार एक सय ३२ मत प्राप्त गरेकी सुनाले निकटतम् प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीलाई ७ सय ८८ मतले पछि पारेकी हुन्।
प्रतिद्वन्द्वी धामीले ३ हजार ३ सय ४४ मत प्राप्त गरेकी छन्। ९ वटा वडा रहेको नगरपालिकामा वडा नं. ९ बाहेक सबै वडामा कांग्रेसको प्यानल विजयी भएको छ। वडा नम्बर ९ मा भने एमाले उम्मेदवार विजयी भएका छन्।