PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, दोस्रोमा एमाले



पहिलोपोस्ट

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, दोस्रोमा एमाले

विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका भीम पराजुलीले ३०६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद ढकालको २ सय २९ मत छ ।

त्यसैगरी, उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको २  सय ५१, नेपाल लोकतान्त्रिक फोरमकी सुची चौधरीको १२६ र माओवादी केन्द्रकी नमिता न्यौपानेको १०१ मत छ ।

यसअघि वडा नम्बर १ को मात्र मतगणना भइरहेको विराटनगर महानगरपालिकामा अब वडा नं. २ र ३ को पनि गणना सुरु गरिएको छ।

मतगणना ढिलो भइरहेको भन्दै सर्वत्र आलोचना भएपछि महानगरपालिकामा तीन ठाउँमा मतगणना सुरु गरिएको हो। अब मतगणना र परिणाम केही छिटो हुने अनुमान गरिएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell