अछामः अछाममा माओवादी केन्द्रको विजय जुलुसमाथि बिहीवार साँझ अज्ञात समुहले ढुंगामुडा प्रहार गरेको छ।
रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानलसहित विजयी भएपछि विजय जुलुसमा डाँडामाथिबाट ढुङ्गा प्रहार भएको प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिएका छन्।
ढुङगा लागि घाइते भएका तीन जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।