PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पाल्पाको रिब्दीकोट–१ मा कांग्रेस, २ र ३ मा एमाले विजयी



रासस

पाल्पाको रिब्दीकोट–१ मा कांग्रेस, २ र ३ मा एमाले विजयी

पाल्पा : पाल्पाको रिब्दीकोट गाउँपालिका– १ मा नेपाली कांग्रेस समूह विजय भएको छ। 

वडा अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद गैरे ६०४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गरेका छन्। 

त्यस्तै, दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन्। उनीहरु सबैजना कांग्रेसकै हुन्। 

यसैगरी रिब्दीकोट गाउँपालिका–२ को वडा अध्यक्षमा एमालेका रामचन्द्र नेपाल ५७४ मत प्राप्त गरी विजय भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमरबहादुर सारुले ५४२ मत प्राप्त गरेका छन्। 

त्यस्तै, रिब्दीकोट गाउँपालिका– ३ को वडा अध्यक्षमा एमालेका विष्णुप्रसाद खनाल ४३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र आमात्यले ४०८ मत प्राप्त गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell