PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

तीन साताअघि‍‍ अपहरण गरिएका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव फेला



सविन ढकाल

तीन साताअघि‍‍ अपहरण गरिएका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव फेला

दाङः जेठ २२ गते दाङबाट अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव फेला परेको छ। 

सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्वर ४ को  पाथिभरा लेकस्थित  जंगलमा उनको शव भेटिएको दाङका  प्रहरी प्रमुख एसपी धिरजप्रताप सिहले जानकारी दिए।

पहिलो पोस्टसँगको कुराकारीमा उनले भने ‘ दिउँसो जंगलमा कुहिएको अवस्थामा शव प्राप्त भएको हो, थप अनुसन्धान गरिरहेका छौं।’

अपरहणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा व्यूरो र अपराध महाशाखाबाट विज्ञसहितको टोली खटिएको थियो।

श्रेष्ठ कपडा व्यापारी हुन् । श्रेष्ठ तुलसीपुरस्थित बुटवल वस्त्रालयका संचालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell