PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

अमरगढी नगरपालिकामा एमाले विजयी



रासस

अमरगढी नगरपालिकामा एमाले विजयी

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। 

नगर प्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा तीन हजार ७६८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज जोशीले तीन हजार ६४० मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा एमालेकी सङ्गीता भण्डारी गिरी तीन हजार ५०८ मत प्राप्त गरी विजयी भइन्। एनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती झुकालले तीन हजार २०८ मत प्राप्त गरिन्।

प्रमुखमा विजयी ओझा डडेल्धुरा क्याम्पसका स्ववियु पूर्वउपसभापति तथा उपप्रमुखमा विजयी भण्डारी नेपाल पत्रकार महासङ्घ, डडेल्धुरा शाखाकी सदस्य हुन्। 

मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीका अनुसार उक्त नगरपालिकाको ११ वडा मध्ये ६ वटामा वडामा एमालेले जित हासिल गरेको छ। पाँचवटामा कांग्रेस विजयी भएको छ। एमाले अमरगढी– ४, ५, ७, ९, १० र ११ मा तथा कांग्रेस १, २, ३, ६ र ८ मा विजयी भएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell