PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

‘चलिए पोखरा ’अभियानको टोली भारत प्रस्थान



पहिलोपोस्ट

पोखरा : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको ‘चलिए पोखरा’ अभियानको एक टोली आज भारत प्रस्थान गरेको छ। 

टोलीमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जनाको सहभागिता छ । 

विनाशकारी भूकम्प, नाकाबन्दी र तराई–मधेश आन्दोलनले प्रभावित गरेको पर्यटनलाई उकास्न अभियानले सघाउने विश्वास लिइएको छ । 

टोलीले लखनउ, कानपुर, वनारस, गोरखपुर, इलाहावाद, र फैजावादमा पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गर्ने र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिने अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले जानकारी दिए । 

पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाटका कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानको टोलीले समेटेको छ।

४० डिग्री भन्दा बढीको तापक्रममा रहेका भारतीय जनता उकुसमुकुसबाट मुक्त भई केही दिन भएपनि आनन्द लिनका लागि पोखरा उपयुक्त गन्तव्य हुनसक्ने विश्वास लिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell