PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

११ दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द, भारतबाट ल्याइयो खराबी पत्तालगाउने मेसीन 



रासस

११ दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द, भारतबाट ल्याइयो खराबी पत्तालगाउने मेसीन 

  • नारायण ढुँगाना 
चितवन : चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनी गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ। 

तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनीको खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको हो। आज चितवन आइपुगेको मेसिनलाई आजैदेखि प्रयोगमा ल्याइने छ। 

निकुञ्जभित्रको जमिनमुनी बिच्छ्याइएको तारको खराबीका कारण ११ दिनदेखि दक्षिण चितवनको माडी नगरपालिका विद्युत्विहीन भएको छ । असार ५ देखि यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । 

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोतसाधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मेसिन मगाइएको हो” – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भने। उक्त प्रविधि प्रयोग गर्न जान्ने विज्ञ प्रविधिज्ञ पनि सँगै आएका छन्। 

पौडेलका अनुसार जमिनमुनी गाडिएको तारको माथि उक्त मेसिन हिंडाउँदा खराबी भएको ठाउँमा आवाज परिवर्तन भई बिग्रिएको सङ्केत दिन्छ । आजदेखि नै खराबी पत्ता लगाउन सुरु गरिने पौडेलले जानकारी दिए । 

गर्मीको समयमा विद्युत् नहुँदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीयवासी बताउँछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell