PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

मुसहर बस्तिमै मनाइन् सुन्तलीले जन्मदिन



पहिलोपोस्ट

मुसहर बस्तिमै मनाइन् सुन्तलीले जन्मदिन

काठमाडौं: हास्यकलाकार कुञ्जना घिमिरे 'सुन्तली' ले मुसहर बस्तीका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन्। महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्मदिन मनाएकी हुन्।

मुसहर बस्तीका बालबालिकाका चेतना, शिक्षा र स्वास्थ्यमा परिवर्तन धुर्मुस सुन्तलीको लक्ष्य थियो। सुन्तली भन्छिन्,'यी मुसहर बालबालिकामा आएको परिर्वतन देखेर हामी खुसी छौं र भावुक पनि भएका छौं।' अपेक्षा गरेको कुरा पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न नसकेको उनले बताइन्। ‘मुसहर बालबालिका नियमित पढ्न थालेका छन्, तर उनीहरुलाई घरबाट खाजा लैजानका लागि समस्या छ। त्यसैले जन्मदिनमा हुने खर्चले टिफिन बक्ससँगै केहि शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाईलो गरेर जन्म दिन मनाएँ’ सुन्तलीले भनिन्।

सरसफाई अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले त्यहाँको परिवारका लागि बस्ती निर्माण घोषणा गरे। र गत वैशाख एक गते ५३ परिवार मुसहरहरुका लागि एकिकृत बस्ती हस्तारण गरेका थिए।

सुन्तलीको जन्मदिनमा मुसहर बस्ती अवलोकनका लागि कलाकारहरु शंकर बिसी, पशुपति शर्मा, मञ्जु पौडेल, रमेशराज भट्टराई, जानुका केसी, पल्पसा डंगो, सुशिला निरौला, जुनु रिजाल, रामचन्द्र फाफ्लेलगायत पनि मुसहर बस्ती पुगे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell