PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

स्थानीय तह निर्वाचन दोस्रो चरण: एमालेले नै लियो अग्रता



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन दोस्रो चरण: एमालेले नै लियो अग्रता

काठमाडौंः दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम आउन सुरु गरेको छ। सुरुवाती चरणमा नेकपा एमाले अग्रस्थानमै देखिएको छ। 

पहिलो चरणको स्थानीय तह निर्वाचनमा पहिलो स्थानमा आएको एमाले दोस्रो चरणको प्रारम्भिक नतिजामा पनि अगाडि देखिएको हो। 

प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेले १० स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले सात स्थानमा मात्र जित हासिल गरेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादीले पाँच स्थानसहित पछ्याइरहेको छ। 

२२ वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदासम्म एमालेले तीन स्थानको अग्रता कायम गरेको हो। प्राप्त नतिजाअनुसार एमालेले एक नगरपालिकासहित १० स्थानीय तह जितेको छ। 

कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित सुनिश्चित गरेको छ भनेमाओवादी केन्द्रले ५ स्थानीय तहमा आफ्नो जित सुरक्षित गरेको छ। 
राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितेर खाता खोलेको छ।

प्राप्त मतपरिणाम अनुसार एमालेले डडेलधुराको अमरगढी नगरपालिकामा जित हासिल गरेको छ। 

यस्तै बझाड्ङ्का मष्ट्रा गाउँपालिका, थलारा गाउँपालिका र  वित्थडचिर गाउँपालिका, बाजुराका गौमुल गाउँपालिका र पाण्डवगुफा गाउँपालिका, बैतडिको पञ्चेश्वर गाउँपालिका, खोटाङको जन्तेढुंगा गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र ताप्लेजुङ्को मौवाखोला गाउँपालिकामा पनि जित हासिल गरेको छ। 

संसदको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस भने सात स्थानमा जित हासिल गर्दै दोस्रो दल एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले अहिलेसम्मै दार्चुलाको महाकाली नगरपालिका र बाजुराको बडिमालिका नगरपालिका गरी दुई नगरमा नेतृत्व हात परेको छ। 

उसले बाजुराको छेडेदह गाउँपालिका, बझाङको काँडा गाउँपालिका, संखुवासभाका चिचिला गाउँपालिका र सुलिचुङ गाउँपालिका  र गुल्मीको गुल्मी दरबार गाउँपालिकामा जित हासिल गरेको छ। 

माओवादी केन्द्रले पनि कांग्रेसलाई पच्छ्याइरहेको छ। उसले सोलुखुम्बुको लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिका, दाङको बंगलाचुली गाउँपालिका तथा रुकुमका  पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकामा जित हासिल गरेको छ।

राष्ट्रिय जनमोर्चाले प्यूठानको मल्लरानी गाउँपालिकामा जितेर पार्टीकातर्फबाट खाता खोलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell