PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

दोस्रो वीर गणेशमान बक्सिङ प्रतियोगिता असार ३१ देखि



पहिलोपोस्ट

दोस्रो वीर गणेशमान बक्सिङ प्रतियोगिता असार ३१ देखि

काठमाडौं : दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय स्तरको महिला तथा पुरुष खुल्ला प्रतियोगिता यही असारको अन्तिममा सुरु हुने भएको छ।

आयोजक योङ स्टार क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ३१ देखि साउन ४ गतेसम्म हुने जानकारी गराएको हो। ५ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित टेबलटेनिसको हलमा हुनेछ।

प्रतियोगितामा २६ जिल्लाबाट विभिन्न क्लब र विभागीय क्लका ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मथुरा दास नेवाले बताए।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले यस्तो खालको प्रतियोगिता हुनु राम्रो भएको र बक्सरहरु उत्पादन गर्न सहयोग पुर्‍याउने बताए। 'नयाँ खेलाडीले आफ्नो प्रतिभा निखार्ने यस्तै खाले प्रतियोगितामा हो।' अध्यक्ष अवालेले बक्सिङ संघ पनि आगामी दिनका केही नयाँ कार्य गर्ने तयारीका साथ अगाडी बढेको बताए।

प्रतियोगितामा पुरुषतर्ष कूल १० तथा महिलातर्फ ८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी र ९१ केजी भन्दा माथिको तौल समूहमा खेल हुनेछ। यस्तै महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६९ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

अध्यक्ष मथुरा दासका अनुसार प्रतियोगितामा योङ स्पोर्ट्स क्लबका खेलाडीले ६ तौलसमूहमा भाग लिनेछन्।

प्रतियोगिताको महिला र पुरुषतर्फ उत्कृष्ट हुने बेस्ट टिमलाई नगद ५०/५० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष दासले बताए। यस्तै तौल मसूहका विजेता खेलाडीलाई पनि प्रोत्साहन स्वरुप नगद प्रदान गरिने उनले बताए।

प्रतियोगिताको लागि कूल ११ लाख ५० हजार बजेट लाग्ने र त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रकम उपलब्ध गराएको अध्यक्षले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell