PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

गृहमन्त्री र कतारी राजदूतबीच सहयोग आदानप्रदानका विषयमा कुराकानी



पहिलोपोस्ट

गृहमन्त्री र कतारी राजदूतबीच सहयोग आदानप्रदानका विषयमा कुराकानी

काठमाडौंः गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमद अल हेलले भेटवार्ता गरेका छन्। 

आज गृह मन्त्रालयमा भएको भेटमा कतार र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी समझदारीबारे उनीहरुबीच कुराकानी भएको थियो।
 
भेटमा गृहमन्त्री शर्माले कतारको विकासमा नेपाली श्रमिकहरुको पनि लगानी भएकाले कतारको समृद्धिमा नेपाल पनि सन्तुष्ट रहेको बताए।

त्यसैगरी गृहमन्त्रीले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्न आवश्यक रहेको बताउँदै सन् २०२२ मा कतारमा हुन लागेको विश्व कपको सफलताका लागि शुभकामना दिए।

भेटमा राजदूत हेलले भर्खरै सम्पन्न पहिलो र दोस्रो चरणको स्थानिय निर्वाचन व्यवस्थित तथा शान्तिपूर्ण ढंगले सम्पन्न गराउन सफल भएकोमा गृहमन्त्री शर्मालाई बधाई दिए।

राजदूत हेलले कतारमा हुन लागेको विश्वकपको तयारी लगभग पूरा भएको जानकारी गराउँदै सधैका लागि नेपालसँगको मैत्रीपूर्ण सम्बन्धको अपेक्षा गरेको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell