
लहान : सिरहाको औरही गाउँपालिका ५ दरैयामा आज अपराह्न बसको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।
भगवानपुरबाट सिरहातर्फ आइरहेको ना ४ ख ५२८१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सिरहा, अर्नामा गाउँपालिका–५ का २६ वर्षीया सुमीदेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस