PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

एसीपिएल : बंगलादेश टाइगर्सलाई हराएपछि श्रीलंकन लायन्स प्लेअफमा



पहिलोपोस्ट

एसीपिएल : बंगलादेश टाइगर्सलाई हराएपछि श्रीलंकन लायन्स प्लेअफमा

काठमाडौं : एसियन क्लब प्रिमियर लिग (एसीपिएल)को प्लेअफ समिकरण पूरा भएको छ। शुक्रबार भएको अन्तिम लिग चरणको खेलमा बंगलादेश टाइगर्सलाई हराउदै श्रीलंकन लायन्स नकआउट राउण्ड पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा लायन्सले टाइगर्सलाई ३३ रनले हरायो। पहिले ब्याटिङ गरेको लायन्सले निर्धारित २० ओभरमा १ सय ३९ रन बनाएको थियो। लायन्सका लागि आकाश गौटेलले सर्वाधिक ४९ रन बनाए। टाइगर्सका करिमले ३ विकेट लिए।

जवाफमा खेल १८ ओभरमा छोट्टाइएपछि बंगलादेश टाइगर्सले जितका लिग १८ ओभरमा १ सय २४ रनको लक्ष्य पाएको थियो। तर टाइगर्सले १८ ओभरमा ६ विकेट गुमाउदै ९१ रन मात्र बनाउन सक्यो।

जितपछि ५ खेलबाट बंगलादेश टाइगर्स समान ६ अंक जोडेको श्रीलंकन लायन्स अंक तालिकामा दोस्रो स्थानमा उक्लियो।

शीर्ष स्थानको नेपाल स्ट्रोम (८ अंक) र टाइगर्ससँगै दुबई वारियर्स (४ अंक) यसअघि नै प्लेअफ पुगिसकेका छन्। ४ अंक नै जोडेको अफगानिस्तान बुल्स र २ अंक जोडेको इन्डियन स्टार्स भने लिग चरणबाटै बाहिरए।

अब प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा नेपाल स्ट्रोम र श्रीलंकन लायन्बीच खेल हुनेछ। विजयी हुने टीम फाइनल पुग्नेछ। यस्तै एलिमिमनेटर खेल बंगलादशे टाइगर्स र दुबई वारियर्सबीच हुनेछ। यस खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टीमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफाएर खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell