PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

चीनले सीमा क्षेत्रमा सडक निर्माण गर्न लागेको भन्दै भारतले गर्‍यो विरोध 



रासस

चीनले सीमा क्षेत्रमा सडक निर्माण गर्न लागेको भन्दै भारतले गर्‍यो विरोध 

नयाँदिल्ली : भारतले चीनद्वारा भारतीय सीमा नजिकै निर्माण गर्न लागिएको भनिएको बाटोले सुरक्षाको प्रश्न उठाएको बताएको छ।  

भारतले चीनले निर्माण गर्न लागेको बाटोको विषयलाई लिएर चीनको कडा शब्दका विरोध पनि गरेको छ। यसअघि सो बाटो निर्माणको विषयमा बुझ्नका लागि भन्दै भारतीय सैनिक बिना अनुमति आफ्नो भू–भागमा प्रवेश गरेको भन्दै चीनले पनि विरोध गरेको थियो ।  

निर्माणकार्य रोक्नका लागि भन्दै भारतीय सीमा सुरक्षा बल चिनियाँ भू–भागमा प्रवेश गरेको चीनको आरोप छ। चीनको आरोपपछि आज भारतले नै चीनको विरोध गरेको छ। 

भारतीय विदेश मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा भने भारत, भुटान र चीनको एक संयुक्त सीमा नजिकै चिनियाँ सेना प्रवेश गरेको र चीनले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको बताइएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘चीनले हालैका दिनमा यसरी एकतर्फीरुपमा सेना लगाएर सडक बनाइरहेको घटनाले आगामी दिनमा सुरक्षामा खतरा हुने मात्र नभई यसका कारण सम्बन्धमा पनि थप असर गर्न सक्छ।’ 

भारत र चीनको सीमामा हिमाली क्षेत्रमा ठूलो भू–भाग रहेको छ। जसका कारण समय समयमा यी दुई देशबीच एक अर्कोले सीमा नाघेरभित्र प्रवेश गरेको भन्ने आरोप लगाउने गरेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell