PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

बसको ठक्करबाट तनहुँमा दुई जनाको मृत्यु



रासस

बसको ठक्करबाट तनहुँमा दुई जनाको मृत्यु

तनहुँ : तनहुँको दमौलीबाट पोखरा गइरहेको बसले पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज अपराह्न एक स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुवै जनाको मृत्यु भएको छ । 

ग १ ख ३६९१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको गरेको ग १२ प ६३४९ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीय वसन्त थापा र मन्दीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनापछि स्थानीयवासीले केही समय पृथ्वीराजमार्ग अवरुद्ध पारेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell