धनगढी : कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
वडा नम्बर ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन्। उक्त वडाको एक सदस्य नेकपा माओवादी केन्द्र र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ ।
यसैगरी वडा नं ६ मा लोकतान्त्रिक फोरमकै बलीराम चौधरी ५२१ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन्। उक्त वडाका सबै सदस्यमा लोकतान्त्रिक विजयी भएको छ।
टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले सुरुदेखि नै अग्रता लिइरहेको छ। एमालेका प्रत्यासीले उनीहरुलाई पछ्याइरहेका छन्। रासस