PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मार्सल आर्ट अर्गनाइजेसनलाई नगद सहयोग प्रदान



पहिलोपोस्ट

मार्सल आर्ट अर्गनाइजेसनलाई नगद सहयोग प्रदान

काठमाडौं : गत जेठ अन्तिम साता भएको प्रथम राष्ट्रव्यापी खुला जुनियर उसु प्रतियोगिताको आयोजक मार्सल आर्ट अर्गनाइजेसन, नेपाललाई शुक्रबार आर्थिक सहयोग उपलब्ध गराइएको छ।

हाल अमेरिकामा रहेका उसुका पूर्व मुख्य प्रशिक्षक चन्द्र लामाको पहलमा संकलित १ लाख ११ हजार ७ सय रुपैयाँ अर्गनाइजेसनलाई हस्तान्तरण गरिएको हो। लामाले विभिन्न देशमा रहेका नेपालीहरुबाट सहयोग रकम जुटाएको बताइएको छ।

 पूर्व उसु खेलाडीद्वय बेल्जियममा बस्ने ममता केसी र जापान बस्ने लक्ष्मी शेरचनले अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जनलाई सहयोग रकम हस्तान्तरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell