PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

राष्ट्रब्यापी शारिरीक सुगठन असोज पहिलो साता



पहिलोपोस्ट

काठमाडौं : हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एन्ड फिटनेशको आयोजनमा 'दोश्रो राष्ट्रव्यापी एचकेएनएफबिएफ शारिरीक सुगठन च्याम्पियनसिप' असोज ६ र ७ गते हुने भएको छ।

यस अघि बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप बैशाख ३१ गते स्थानिय चुनाव भएका कारण च्याम्पियनसिप तयारीका लागि पर्याप्त समय अभाव हुने भएकाले संघको बैठकले प्रतियोगितालाई जेष्ठमा गर्ने निर्णय गरेको थियो।

पुनः नेपाल सरकारले स्थानिय चुनाव दुई चरणमा गर्ने निर्णय गर्दै जेष्ठ ३१ गते दोश्रो चरणको चुनाव मिति तोकेकाले तराईबाट खेलाडीहरुको प्रतिनिधित्व हुन असम्भव प्राय देखिएकोले जेष्ठ महिनामा पनि प्रतियोगिता आयोजना गर्न असम्भब भएका कारण सहज परिस्थिती नभए सम्मका लागि उक्त च्याम्पियनसिप स्थगन गरिएको थियो।

संघको हालै बसेको नियमित बैठकले उक्त स्थगित च्याम्पियनसिप असोज ६ र ७ गते गर्ने निर्णय गरेको महासचिव अजय बज्राचार्यद्वारा जारी विज्ञप्तीमा जनाईएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell