PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

स्थानीय निर्वाचनः एमाले २८, कांग्रेस २३ र माओवादी १३ स्थानमा विजयी



पहिलोपोस्ट

स्थानीय निर्वाचनः एमाले २८, कांग्रेस २३ र माओवादी १३ स्थानमा विजयी

काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा देखिएको छ। पहिलो चरणमा २८३ स्थानीय तहमा भएको निर्वाचनमा पहिलो भएको एमालेले सामान्य अग्रता कायमै राखेको छ। बिहान ७ बजेसम्म ६६ स्थानको नतिजा आउँदा एमालेले अग्रता कायमै राखेको छ। 

एमालेले ३ नगरसहित २५ गाउँपालिकामा जित हासिल गरेको छ। यस्तै, कांग्रेसले ४ नगर र १९ गाउँपालिकासहित २३ स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्रले १३ गाउँपालिकामा विजयी भएको छ। रुकुममा माओवादीले ‘क्लिनस्विप’ गरेको छ।

राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले १÷१ स्थानमा जित हासिल गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell