PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आवरण विवादबिच 'माङ्गेना' बिमोचन आज



पहिलोपोस्ट

आवरण विवादबिच 'माङ्गेना' बिमोचन आज

काठमाडौं: चर्किएको भित्ता। सो भित्ता छोप्न प्रयोग नेपालको झण्डा। प्रयोग झण्डा पनि च्यातिएको अवस्थामा।

देशको झण्डा च्यातिएको अवस्थामा कुनै नेपालीले मन दुखाउनु असामान्य नहोला। तर कसैले टिप्पणी गर्छ- 'यसरी झण्डाको दुरुपयोग गर्नेलाई टुँडिखेलको बिचमा राखेर यसको शरीर यसैगरी च्यातचुत गर्न मिल्दैन?'

सनिबार युग पाठकको किताब 'माङ्गेना' सार्वजनिक हुँदैछ। किताब बिमोचनको मिति नजिकिंदै गर्दा प्रकाशक फाइन प्रिन्ट र लेखक स्वयंम पनि प्रचार प्रसारमा लागेका छन्। जसको लागि प्रयोग भएको छ माङ्गेनाको आवरण। र आवरणमा नेपालको झण्डाको दुरुपयोग भन्ने आरोप खेपिरहेका छन् युग पाठक।

ट्विटरमा विष्णु धितालले लेखे- साहित्यको नाममा देशको राष्ट्रिय झण्डाको अपमान गर्ने युग पाठकलाई कानुनी कारवाही गरियोस् र तत्काल गाता परिवर्तन गरियोस्।



त्यस्तै सोम मैनालीलो जुन २५ मा फेसबुकमार्फत युग पाठकलाई जन्तुको संज्ञा दिंदै राखेका थिए युग पाठकको शरीर च्यात्न पर्ने तर्क।



विरोध बारे सोध्दा युग पाठक भन्छन्,'किताबको आवरण मेरो आफ्नो कला होइन। जसको हो उहाँले कन्टेन्टसँग मिल्दो काम गर्नु भएको छ जस्तो लाग्छ।'

फाइन प्रिन्टले किताबको कन्टेन्ट मिल्दो कभर आर्टको लागि सचिन योगल श्रेष्ठलाई भनेको थियो। सचिनले किताब पढे र माङ्गेनाको भावसँग मिल्दो आवरण बनाए। यो सचिनको दाबी हो। 'मलाई भनिएको चित्र बनाएको होइन।किताबसँग मिल्दो आफूले बनाएको हुँ।' माङ्गेनाको आवरणमा नेपालको झण्डाको प्रयोग नभएको उनको दाबी छ।

'म व्यक्तिगत रुपमा कभरमा झण्डा छ भन्ने कुरा स्विकार्दिन। त्यो त भत्किएको पर्खालमा कोरिएको पेन्टिङ हो।' उनले झण्डामा भएको चन्द्र र सुर्यको प्रयोग पेन्टिङमा प्रयोग गरेपनि आवरणमा झण्डा भन्दा बढी भत्किएको भित्ता केन्द्रमा राख्न खोजेको जनाए।

सनिबार प्रज्ञा प्रतिष्ठानमा माङ्गेना विमोचन हुँदैछ। ३:३० बाट सुरु हुने किताब बिमोचन कार्यक्रममा वक्ताहरु प्रदिप गिरी, बालकृष्ण माबुहाङ र निभा शाहले किताबमा उठाइएको विषयमाथी छलफल गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell