PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

पूर्व प्रेमी रणबिर बारे के भन्छिन् कट्रिना?



पहिलोपोस्ट

पूर्व प्रेमी रणबिर बारे के भन्छिन् कट्रिना?

प्रेम सम्बन्धमा रहेर छुट्टिएका बलिउड जोडी रणबिर कपूर र कट्रिना कैफ स्टारर फिल्म 'जग्गा जासुस' सार्वजनिक हुने तयारीमा छ। ब्रेकअप हुनुअघि सुरु भएको फिल्म निर्माण कार्य भर्खर मात्र सक्किएको हो। प्रचारको क्रममा रहेका छन् फिल्म युनिट। यसैबिच रणबिर बारे आफ्नो धारणा राखेकी छिन् कट्रिना कैफले। 

बिबिसी हिन्दीले जनाए अनुसार कट्रिनाले रणबिरलाई राम्रो साथी भएपनि नराम्रो निर्माताको संज्ञा दिइन्। रणबिर कपूरले जग्गा जासुसलाई निर्माण गरेका हुन्। तीन वर्ष अघिबाट बन्दै गरेको फिल्म निर्माणमा केही बाधाहरु आए जसता कारण फिल्म रिलिज मिति तीनपटक पछि सर्यो।

सँगै काम गरेकी कट्रिनासँग रणबिर कुशल साथी या निर्माता भन्ने प्रश्नमा कट्रिनाले भनिन्,'निर्माताको रुपमा रणबिरले केही गरेको छ जस्तो मलाई लाग्दैन। बरु फिल्ममा डिज्नीला बढी मिहेनत गरेको छ। अझ जग्गा जासुस त अनुराग बासुको रचना हो।' त्यसैले पनि रणबिरलाई आफूले राम्रो साथी मात्र मान्न सक्ने तर्क राखिन्। कट्रिनाले रणबिरलाई नामको मात्र निर्माता भएको बताइन्। 'उ एकदम अल्छि छ।'

यो जोडी अजब प्रेमकी गजब कहानी र राजनितीमा सँगै देखिएको थियो। पाँच वर्ष लामो प्रेम सम्बन्ध करियर सँगै अघि बढाउन भने सकेनन्।यी दुईको ब्रेकअप पनि जग्जा जासुस निर्माणको एउटा अड्चन मानिन्छ। फिल्म पोस्ट प्रोडक्शनको काम सक्काएर १४ जुलाईबाट प्रदर्शनको तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell