PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

रोल्पाका तीन स्थानीय तहमा माओवादी केन्द्र विजयी



पहिलोपोस्ट

रोल्पाका तीन स्थानीय तहमा माओवादी केन्द्र विजयी

रोल्पा: यहाँका तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी विजयी भएका छन्। डाँगीले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कु घर्तीले एक हजार नौ सय ८९ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भएकी छन्। बूढाले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लक्ष्मी डाँगीले एक हजार आठ सय ९९ मत प्राप्त गरिन। सो गाउँपालिकामा रहेका सातवटै वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ।

थवाङ गाउँपालिकामा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार नौ सय ९० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी रामकिरणी रोका एक हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी श्रीकुमारी रोकाले नौ सय ९५ मत प्राप्त गरिन। पाँच वटा वडा रहेको थवाङ गाउँपालिकामा चार वडामा माओवादी केन्द्र र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका आशबहादुर बुढा आठ सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ध्रुवबहादुर घर्तीले छ सय ३६ मत प्राप्त गरे। सो गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रकी पवित्रा घर्ती मगर आठ सय ७४ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भिमली बुढाथोकीले छ सय ३५ मत प्राप्त गरिन। सो गाउँपालिकामा माओवादी केन्द्रले तीन वटा वडा, एमालेले दुई वटा वडा र काँग्रेसले एक वडामा विजय हासिल गरेका छन्।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक गरिएको छ। जिल्लामा बाँकी रहेका सबै स्थानीय तहको मतगणना जारी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell