PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

भोजपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी



पहिलोपोस्ट

भोजपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी

भोजपुर: भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएका छन्।

गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले चार हजार ३४ मत पाए।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छन्। चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत पाइन्।

अरुण गाउँपालिकामा काँग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा काँग्रेसकी विनिता ढकाल विजयी भएका छन्। हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका छन्।

यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भएका छन्। आमचोक गाउँपालिकामा भने माओवादी केन्द्रका अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएका छन्। अन्य स्थानीय तहमा मतगणना जारी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell