PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

पोखरामा अब राति ९ बजेसम्म नगरबस चल्ने



पहिलोपोस्ट

पोखरामा अब राति ९ बजेसम्म नगरबस चल्ने

  • नरहरि पौड्याल
पोखराः पर्यटकीय नगरी पोखरामा अब राति अवेरसम्म सार्वजनिक सवारी संचालन हुने भएको छ। यसअघि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुने नगरवस अब भने राति ९ बजेसम्म चल्नेछन्।

यात्रुहरुको समस्यालाई मध्यनजरगरी राति अबेरसम्म सवारी संचालन गर्न व्यवसायी सहमत भएका हुन्। यातायात व्यवस्था समितिको बैंठकले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा बेलुका ९ बजेसम्म बस संचालन हुने भएको हो। 

तत्कालका लागि दुई वटा रुट पहिचान गरी राति ९ बजेसम्म नगरवस सञ्चालन हुनेछन्। पहिलो चरणमा हल्लनचोकदेखि काँहुखोलासम्म र फेवातालदेखि विरौटा हुँदै केआईसिंह पुलसम्मको रुटमा नगर वस सञ्चालन हुनेछन् । 

पोखरा बस व्यवसायी समितिअन्तर्गतका आठ वटा बस दुई वटा रुटमा, चार–चार वटाको दरले गुड्ने सहमति भएको छ ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell