PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

साइप्रसको शान्ति वार्ता अगाडि बढाउन राष्ट्रसङ्घ महासचिव स्विजरल्याण्डमा



रासस

साइप्रसको शान्ति वार्ता अगाडि बढाउन राष्ट्रसङ्घ महासचिव स्विजरल्याण्डमा
फोटो श्रोतःthetrentonline.com

स्विजरल्याण्ड : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनीओ गुटेर्रेस शुक्रबार स्विजरल्याण्ड आइपुगेका छन्। 

साइप्रसको शान्ति बार्तालाई अगाडि बढाउनका लागि उनी स्विजरल्याण्ड पुगेका राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन्। साइप्रसको शान्ति प्रक्रियालाई सकारात्मक तरिकाले टुङग्याउन स्विजरल्याण्डमा शान्ति वार्ता आयोजना गरिएको छ। 

राष्ट्रसङ्घीय महासचिव गुटेर्रेसले स्विजरल्याण्डको अल्पाईन टाउनमा वार्ताका सहभागीहरुलाई भेटेर विभिन्न पक्षबाट छलफल गर्नेछन् भने सम्वन्धित विषयमा हुने छलफलको अध्यक्षता पनि गर्नेछन्। 

साइप्रस बारेको सम्मेलनको नयाँ चरण राष्ट्रसङ्घको मातहतमा बुधबार विहान सुरु भएको र यसलाई रचनात्मक र सकारात्मक सुरुवातको रुपमा लिएको छ। 

साइप्रसका लागि राष्ट्रसङ्घका विषेश सल्लाहकार इस्पेन बार्थ इडले साईप्रसको समस्या समाधानका लागि अहिलेको सम्मेलन ‘सवै भन्दा राम्रो मौका’ भएको बताएका थिए। 

राष्ट्रसङ्घीय महासचिवका राजनीतिक मामिला सहसचिव जेफ्रि फेल्टम्यानले साईप्रस सम्बन्धी यो सम्मेलन एक दशक लामो समस्या समाधानका लागि ‘ऐतिहासिक अवसर’ भएको बताएका छन्। 

सम्मेलनमा टर्की, ग्रिस, बेलायत र युरोपेली सङ्घका नेता तथा उच्च अधिकारीहरुको सहभागिता रहेको छ । 

सम्मेलनमा मुख्यगरी ६ वटा फरक फरक विषयमा समझदारी कायम गर्ने प्रयास गरिने भएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन्। 

सरकार र शक्तिको बाँडफाँड, सम्पत्ति, अर्थ र युरोपेली विषयहरु मुख्यतयाः पुरा भएको उनीहरुको भनाई छ । 

राष्ट्रसङ्घले जुलाई ७ मा सम्मेलन सम्पन्न गर्ने योजना बनाएको छ। तर यदि आवश्यक पर्यो भने जुलाई ७ भन्दा पछिसम्म पनि सम्मेलन लम्ब्याउन सवैपक्ष सहमत भएमा सम्मेलन लम्बिन पनि सक्ने छ । 

टर्कीबाट विभाजित भएपछि साईप्रसमा सन् १९७४ देखि नै सीमा विवाद हुदै आएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell