
ओखलढुङ्गाः दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सासुले बुहारीलाई र ज्वाइँले जेठानलाई पराजित गरेको समाचार आइरहका बेला ओखलढुङ्गा जिल्लामा भने काकालाई भतिजले पराजित गरेका छन्।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको वडा नम्वर १ मा अध्यक्ष पदमा उम्मेद्वारी दिएका काकालाई भतिजले १ सय २३ मतले हराएका हुन्। नेकपा एमालेबाट उम्मेद्वार बनेका कमल बानियाँलाई कांग्रेसका उम्मेद्वार प्रदीप बानियाँले हराएका हुन्।
काकालाई हराउँदै भतिजको प्यानलले क्लिनस्वीप गरेको छ।