PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

दुई सातामै निभ्न लाग्यो सलमान खानको 'ट्युबलाइट'



पहिलोपोस्ट

दुई सातामै निभ्न लाग्यो सलमान खानको 'ट्युबलाइट'

बलिउडका स्टार कहलिने सलमान खानको फिल्म 'ट्युबलाइट' दुई साता पनि फिल्म हलहरुमा टिकेन। टिकेन यस अर्थमा फिल्मले दर्शक फ्लो राम्रो रहेन। नेपाल मात्र होइन इन्डियाको हकमा पनि धेरै हलबाट फिल्मको शो उत्रिसकेको छ। दोस्रो साताको बुधबार र बिहिबार फिल्मको लागि दर्शक यसरी घटे कि शुक्रबारबाट इन्डियामा सार्वजनिक एकमात्र बलिउड फिल्म 'एक हसिना थि, एक दिवाना था'ले दुई तीन शोका लागि हल पाएकाले मात्र ट्युबलाइटलाई शो दिइएको बलिउड हंगामाले जनाएको छ।

भारतिय फिल्म हलहरुमा हलिउड फिल्म 'ट्रान्सफर्मर्स- द लास्ट नाइट'ले मल्टिप्लेक्सको हल कब्जा गरेको छ।

दोस्रो साताको अन्तिम दिन शुक्रबार ट्युबलाइटले थप ३ करोड कमायो। हालसम्ममा फिल्मको ग्रस कलेक्शन एस सय नौ करोड भयो। यो कलेक्शन शाहरुखको व्यापारिक असफलता भोगेको फिल्म रईसले एक सातामा गरेको कमाइ भन्दा कम हो। उक्त फिल्मले सात दिनका एक सय नौ करोड कमाएको थियो। सलमानको लागि यो क्रिटिकल र व्यवसायिक असफलता भनेको उनको निर्माण पक्ष कमजोर ठहरिनु हो।

अभिनयको हिसाबमा सलमानले ‍औसत प्रस्तुती दिएको फिल्महरु पनि हिट भएको रेकर्ड छ। भारतिय फिल्म समिक्षकहरुले फिल्म ट्युबलाईट असफल भएको दाबी गरिसके।

फिल्मको फाइनल रेटिङ भने आउन बाँकी छ। सलमानको इद विशेष फिल्म रिलिज योपटक सफल हुन नसकेको समिक्षक तरण आदर्शले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell