PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आफैंलाई गोली हानी प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या



रासस

आफैंलाई गोली हानी प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

लहान : जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोवद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। 

उदयपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कारणले आत्महत्या गरेका हुन् त्यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ। 

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell