PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

पूर्व प्रम ओलीको जिल्लामा एमालेको झिनो अग्रता



पहिलोपोस्ट

पूर्व प्रम ओलीको जिल्लामा एमालेको झिनो अग्रता

झापा : पूर्व प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा रहेकामध्ये ७ स्थानीय तहमा नेकपा एमालेले अग्रता कायम गरेको छ।

एमाले बिर्तामोड, भद्रपुर, दमक, शिवशताक्षी, अर्जुनधारा, कनकाई नगरपालिका र कमल गाउँपालिकामा अग्रस्थामा रहेको हो। एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले ६ वटा स्थानमा अग्रता लिएर छ।

मेचीनगर, गौरादह दुई नगरपालिका सहित कचनकवल, बाह्रदशी र झापा गाउँपालिका छन्। झापाका गौरीगञ्ज गाउँपालिका माओवादी र हल्दिवारी गाउँपालिकामा राप्रपाको अग्रता छ। गौरीगञ्ज गाउँपालिकामा माओवादीको अग्रता छ भने हल्दिबारीमा राप्रपाले अग्रता लिइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell