PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

इलामको सूर्योदय नगरपालिका २ र ३ मा एमाले विजयी



रासस

 इलामको सूर्योदय नगरपालिका २ र ३ मा एमाले विजयी

इलाम : इलामको सूर्योदय नगरपालिका २ र ३ मा नेकपा एमालेको समूह विजयी भएको छ। 

वडा नं– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकुमार सुब्बा ७५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमोद राईले ५६२ मत प्राप्त गरेका छन्। 

सदस्यहरुमध्ये महिला सदस्यमा ज्याजिमा तामाङ ८००, दलित महिला सदस्यमा सावित्रा शिवा ८२५, खुल्ला सदस्यमा लोकबहादुर घिमिरे ७८५ र सचेन राई ७५१ मत प्राप्त गरी विजयी भए। उनीहरु सबै एमालेका हुन्।

त्यसैगरी सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा एमालेकै होमबहादुर कार्की ९७१ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका छिञ्जुला लामाले ४३१ मत प्राप्त गरिन्। 

त्यस्तै वडा सदस्यमध्ये महिला सदस्यमा डालीमाया कार्की ९७७, दलित महिला सदस्यमा तृष्णा लोहार ९६९ र खुल्ला सदस्यमा लोकनाथ नेपाल ९३८ तथा सुरेन्द्र गोले ९०६ मत प्राप्त गरी विजयी भए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell