PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पाल्पाको माथागढी गाउँपालिकामा कांग्रेसको समूह विजयी



रासस

पाल्पाको माथागढी गाउँपालिकामा कांग्रेसको समूह विजयी

पाल्पा : पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। 

अध्यक्षमा सन्तोषकुमार थापा छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विमल काफ्लेले चार हजार २१ मत प्राप्त गरे। 

त्यस्तै, उपाध्यक्षमा कांसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँ चिदीले चार हजार १०१ मत प्राप्त गरिन्। 

यसैगरी सो गाउँपालिकाको आठ वटै वडामा कांग्रेस समूह नै विजयी भएको छ। यसरी विजयी हुनेमा वडा अध्यक्षमा क्रमशः वडा नं १ मा शिवप्रसाद शर्मा, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा बेलबहादुर ढेँगा मगर, ६ मा रनबहादुर खाम्चा ७ मा जङ्गबहादुर थापा र वडा नं ८ मा डिलबहादुर ढेगा मगर छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell