PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

फिल्म 'हाउ फन्नी' निर्देशक निलु डोमा शेर्पाको निधन



पहिलोपोस्ट

फिल्म 'हाउ फन्नी' निर्देशक निलु डोमा शेर्पाको निधन

काठमाडौं: २४ घण्टा अघि मात्र इन्स्टाग्राममा अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाहको जग्गेबाटै बधाई दिंदै फोटो पोस्ट गरेका थिए निर्देशक निलु डोमा शेर्पा। उनले लेखेको ह्यासट्याग मध्य एक थियो #loveMovesUs



तर पोस्ट लेखेको २४ घण्टा पनि नबित्दै उनी आफ्नो प्रिय मान्छेहरुबाट टाढिएको खबर सार्वजनिक भयो।

सनिबार बिहान हृदयघातका कारण निधन भएको खबर सार्वजनिक भएपनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन। उनको पार्थिव शरीर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ।

फिल्म 'सुनगाभा'मा सहायक निर्देशकको रुपमा काम गरेका उनले २०७३ मा फिल्म 'हाउ फन्नी' निर्देशन गरेका थिए। शेर्पाले फिल्म 'पुन्टे परेड'मा अभिनय समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell