PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तेह्रथुमको म्याङलुङमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु, तीन घाइते



रासस

तेह्रथुमको म्याङलुङमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु, तीन घाइते

तेह्रथुमः तेह्थुमको म्याङलुङ नगरपालिका–५ आम्दिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

घरमाथिबाट खेतमा सिँचाइका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो। घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षीया प्रिति सोदेम्बा र नाति नौ वर्षीय प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

पहिरोमा परी ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीया प्रिया सोदेम्बा घाइते छन् । 

गम्भीर घाइते सोमकुमार र प्रियालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

बिहान दुई बजे घरमाथिबाट पहिरो खसेको थियो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell