PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अस्पतालबाट डिस्चार्ज्ड : विकिनी किलर ब्याक टू गोलघर 



सविन ढकाल

अस्पतालबाट डिस्चार्ज्ड : विकिनी किलर ब्याक टू गोलघर 
फाइल फोटो : Getty

काठमाडौं : दुई साताअघि अस्पताल मुटुको अप्रेसन गरिएका ७३ वर्षीय कुख्यात विकिनी किलर चार्ल्स शोभराजलाई शुक्रवार कारागार लगिएको छ। 

दुई साताको उपचारपछि शुक्रवार साँझ साढे ५ बजे केन्द्रीय कारागार सुन्धरा लगिएको कारागार प्रमुख डिएसपी जनकबहादुर शाहीले पहिलोपोस्टलाई जानकारी दिए। शोभराजलाई राजधानीको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो। मुटुको भल्भमा समस्या भएपछि अप्रेसनको लागि शोभराजलाई अस्पताल भर्ना गराइएको थियो। 

शोभराजको शरीरमा निहिताको रगत, अप्रेसनपछि आँशु झार्दै निस्किइन् निहिता विश्वास



डिस्चार्ज भएका शोभराजलाई अहिले फेरि गोलघरमा राखिएको छ। समय समयमा कारागार भित्रको अस्पतालमा नै उनको फलो अप हुने छ। मुटुको अप्रेसन गरेका शोभराजलाई उनकै प्रेमिका निहिता विश्वासले रगत दिएकी थिइन्। हत्यामा दोषी ठहर भएका शोभराज १४ वर्षदेखि केन्द्रीय कारागार सुन्धाराको गोलघरमा सजाय भोगिरहेका छन्।

'चार्ल्स शोभराजको पनि मुटु रहेछ !'


२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार्ल्सलाई प्रहरीले पक्राउ परेको थियो। कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell