PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

पोखरा सस्तो बजारको मिलेन भाडा विवाद, वायुसेवा निगमले लगाइदियो ताला



पहिलोपोस्ट

पोखरा सस्तो बजारको मिलेन भाडा विवाद, वायुसेवा निगमले लगाइदियो ताला

पोखराः पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा नेपाल वायुसेवा निगमले ताला लगाएको छ।

लामो समयदेखि टेण्डर र भाडाको बिषयमा बिवाद हुँदै आएको सस्तो बजारमा निगमको केन्द्रबाटै आएको टोलीले ताला लगाएर स्थानीय प्रशासनलाई सुरक्षाको जिम्मा दिएको छ।

शनिवार विहान ४ बजे सस्तो बजारको मूल गेटमा निगमले ताला लगाएपछि व्यवसायीहरु भित्र पस्न पाएका छैनन्। अहिले त्यहाँ प्रहरीले पहरा दिइरहेको छ। भित्र पस्न नपाएपछि व्यापारीले भने गेट वाहिरै फुटपाथमा धर्ना दिएका छन्।

चार वर्षअघि पोखरा उपमहानगरपालिकाले फुटपाथ व्यवस्थापन गर्ने क्रममा निगमको उक्त जग्गामा व्यापारीलाई राख्ने सहमति भएको गरेको थियो। फुटपाथ व्यापारीलाई उपलब्ध गराएको स्थानको ठेक्का आकिरा एण्ड आकृति प्रालिका भरत गुरुङले पाएका थिए। 

उनले व्यापारीसँग मासिक भाडा लिएर सस्तो बजार सञ्चालन गर्न दिएका थिए। 

तर, गुरुङले ठेक्का पाएको समय अवधि सकिएपछि नेपाल वायुसेवा निगमले २०७२ माघ १७ गते टेण्डरका लागि बोलपत्र आवहान गरेको थियो।

टेण्डर प्रक्रियामा सस्तो बजार भित्रकै व्यापारीसहित ३१ वटा फर्मले टेण्डर विड गरेका थिए। तर, टेण्डर सस्तो बजारका व्यवसायीलाई परेन।

युवराज खतिवडाको सूर्यदिल ग्रुपलाई मासिक ११ लाख रुपैयाँ भाडा तिर्ने गरी ठेक्का परेपछि व्यापारीले आफूहरुले ठेकेदारलाई भाडा नतिरी सिधै प्राधिकरणलाई भडातिर्ने भन्दै अड्डी लिएपछि विवाद सुरु भएको थियो।

विवादका कारण टेण्डर परेको १४ महिना सम्मपनि नयाँ ठेकेदार कम्पनीले सस्तो बजारको स्वामित्व लिन सकेको थिएन। 

उनले सम्झौता भएको १४ महिना वित्दा पनि निगमसँग भाडा सम्झौता गरेको स्थानमा प्रवेश गर्न नपाएपछि निगमको टोलीले सो स्थान खाली गर्नकाा लागि मूलगेटमै ताला लगाएको हो। ५ रोपनी क्षेत्रफलमा फैलिएको सस्तो बजार भित्र २ सय १७ वटा सटर छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell