PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

मेसीको विवाह समारोहमा जाभी देखि पुयोलसम्म उपस्थित

मेसीको विवाह समारोहमा जाभी देखि पुयोलसम्म उपस्थित

पहिलोपोस्ट /पहिलोपोस्ट


अर्जेन्टाइन स्टार लियोन मेसीले शुक्रबार बाल्यकालदेखिको प्रेमीसँग रोसारियोमा एक भव्य समारोहबीच विवाह गरेका छन्। रोसारियो सिटी सेन्टर कम्प्लेक्समा भएको उक्त समारोहमा मेसीका अर्जेन्टाइन सहकर्मी देखि बार्सिलोनाका स्टार खेलाडीहरु समेत उपस्थित थिए।

रेड कारेपेटमा मेसी र एन्टोनेला रोकुज्जोले सञ्चारकर्मीका अगाडी किस सिन सेयर गरेका थिए।

मेसीको विवाह समारोहमा पूर्व बार्सा स्टार कारलोस पुयोल, जाभी, सेस फाब्रेगास, सामुएल एटोसँगै अहिलेका स्टार लुइस सुवारेज, सर्जियो बुस्केट, जोर्दी अल्वा लगायत खेलाडी उपस्थित थिए।

यस्तै अर्जेन्टाइल फुटबलर सर्जियो अगुएरो, जाभिएर मास्केरानो, एन्जल डि मारिया, एजेक्वेल लाभेज्जी लगायत खेलाडी पनि उपस्थित थिए।

फोटो : डेलीमेल



ट्रेन्डिङ पोस्ट

Ncell