PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फिदिम नगरपालिकामा मिश्रित परिणाम



रासस

फिदिम नगरपालिकामा मिश्रित परिणाम

पाँचथर : पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको १, २, ३ मा कांग्रेस, १२, १३ मा माओवादी केन्द्र र १४ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्। 

फिदिम– १, को अध्यक्षमा कांग्रेसका हर्क मोक्तान, वडा नम्बर– २ को अध्यक्षमा सुकपाल तुम्बापो, ३ मा पनि कांग्रेस नै विजयी भएको छ । 

फिदिम–१२, को अध्यक्षमा माओवादी केन्द्रका सन्तोष आचार्य र १३ मा टीका नेम्बाङ विजयी भएका छन्। १४ मा भने वडा अध्यक्षमा एमालेका भीमबहादुर फागो विजयी भएका छन्। 

बाँकी सबै सदस्यमा नेपाली कांग्रेस विजयी भएको छ। अहिले फिदिम ४ र ११ को मतगणना भइरहेको छ। दुवै वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell