PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दोलखामा पहिरोमा बेपत्ता दुई बालबालिकाको शव भेटियो



रासस

दोलखामा पहिरोमा बेपत्ता दुई बालबालिकाको शव भेटियो

चरिकोट : गत बुधबार दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर– ९ लाकुरीडाँडास्थित कुतकुते भन्ने स्थानमा पहिरो जाँदा बेपत्ता भएका दुई जनाको शव पहिरोले पुरिएको अवस्थामा भेटिएको छ। 

भेटिएका शव सोही स्थानका १२ वर्षीय रितु थामी र १५ वर्षीय रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको छ। यसअघि पहिरोले पुरिएकै अवस्थामा ३५ वर्षीय शान्ति थामी र सोही स्थानकी ७० वर्षीय लाटी थामीको नजिकैको क्याङथली खोलाबाट शव निकालिएको थियो।

पहिरोले पुरिएकाको प्रहरीले शव खोजिरहेको थियो। गत बुधबार राति सुतिरहेका बेला आएको बाढीपहिरोले घर बगाएको थियो ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell